काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा जारी बन्दसत्रमा पेस भएको ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित भएको छ ।
अधिवक्ता समेत रहेका महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले पेस गरेको कार्यविधि सर्वसम्मत पारित भएको हो । कार्यविधि पारित भएसँगै विशेष महाधिवेशनका कार्यक्रम अघि बढ्नेछन्।
‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाविधेशनले आफ्नो कामकारबाहीलाई नियमित र व्यवस्थित गर्नका लागि कार्यविधि बनाउन वाञ्छनीय भएकाले, नेपाली कांग्रेसको विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकार सम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ बनाई लागू गरिएको छ’ कार्यविधिको प्रस्तावनामा उल्लेख छ।