विशेष महाधिवेशनमा सहभागि हुन काठमाडौं कांग्रेसको आह्वान

विशेष महाधिवेशनमा सहभागि हुन काठमाडौं कांग्रेसको आह्वान

शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • विशेष महाधिवेशनमा सहभागि हुन काठमाडौं कांग्रेसको आह्वान

    काठमाडौं। नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन सबै सदस्यलाई आह्वान गरेको छ। कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्ण सबुज बानियाँले बिहिवार  एक विज्ञप्ति प्रकाशितगर्दै पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन सबै सदस्यलाई आह्वान गरेका हुन् । 

    विधानको व्यवस्थाबमोजिम विशेष महाधिवेशन आह्वान भएको दावगिर्दै सभापति बानियाँले विशेष महाधिवेशनमा भाग लिएर पाटृिलाई बिधिसमवत सञ्चालन गर्न सहयोग गर्न सबैलाई आह्वान गरेका हुन्। विभिन्न कालखण्डका विषम परिस्थितिमा लोकतन्त्रको रक्षार्थ नेपाली कांग्रेस नेतृत्वदायी भूमिका खेलेको उल्लेखगर्दै सभापतिबानियाँले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् मुलुकमा संवैधानिक शून्यता भएको भन्दै यसको रक्षाका लागि कांग्रेस अग्रमोर्चामा उभिनुपर्ने उल्लेख गरेका छन् । 

    कांग्रेस काठमाडौंले ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले पार्टीको विधानको धारा १७ (२० अनुसार पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान गरेकाले यस महाधिवेशनमा भाग लिन सबैलाई आग्रह गरेको हो। सभापति बानियाँले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन आउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई राजधानीमा स्वागत गर्दै महाधिवेशन सफलताको कामनासमेत गरेका छन्।

    89059c11-889e-4c6b-93f4-0df6bf2d47d5.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij