आमा छोरी एकै पटक एसइई दिदै, आस्था महिला स्कुलबाट हजुरआमा पनि सहभागी हुँदै

आमा छोरी एकै पटक एसइई दिदै, आस्था महिला स्कुलबाट हजुरआमा पनि सहभागी हुँदै

शनिवार, चैत्र १० २०८०
शनिवार, चैत्र १० २०८०
  • आमा छोरी एकै पटक एसइई दिदै, आस्था महिला स्कुलबाट हजुरआमा पनि सहभागी हुँदै

    भक्तपुर । एस वर्षको एसइई परिक्षामा भक्तपुरबाट आमा छोरीले एकै पटक एसइई दिने भएका छन् । मध्यपुर थिमि नगरपालिका–३ स्थित आस्था महिला स्कुलबाट ३१ वर्षीया राधिका खाती र सुर्यविनायक नगरपालिका–४ को मोर्डन स्कुलबाट उनकी १६ वर्षीया छोरी जेनिशा खातीले एकै पटक एसइई परिक्षामा सहभागिता जनाउँने भएका हुन् । 

    घरमा दुःख भएकाले पढ्ने रहर हुंदाहुंदै पनि पढ्न नपाएकी राधिकाको १४ बर्षकै उमेरमा बिवाह भएको थियो । पुख्र्यौली घर दोलखा भएकी राधिकाले १५ वर्षकै उमेरमा छोरी जन्माएकी थिइन । दुई सन्तानकी आमा राधिकाले छोरा स्कुल जान थालेपछि भने घर धन्दा र छोराछोरीलाई बिद्यालय पठाएर आस्था महिला बिद्यालयमा भर्ना हुंदै पढ्ने रहर पुरा गरेकी हुन ।

    राधिका भन्छिन् पहिले पढ्ने उमेरमा रहर लाग्दा पनि पढ्न पाइन । छोराछोरी बिद्यालय जान थालेपछि भने मेरो पढ्ने रहरलाई गठ्ठाघरस्थित आस्था महिला बिद्यालयले पुरा गरिदिएको छ । राधिका मात्र होइन, ०६४ सालमा स्थानीय आधा दर्जन महिलाको सक्रियतामा खुलेको आस्था महिला स्कुलबाट हजुरआमा उमेरकाहरु समेत एसइई परिक्षामा सहभागी हुँदै छन् ।

    astha student.jpeg

    बिद्यालयकी निमित्त प्रधानाध्यापक बिना देउजाका अनुसार, ०६९ सालदेखि आस्था महिला बिद्यालयबाट आमा र हजुरआमा उमेरका बिद्यार्थीहरु एसएलसी परिक्षामा सहभागी हुंदै आएका छन्। त्यसै क्रममा एक दशकको अवधिमा एक सय ५० जनाले एसएलसी उतिर्ण गरिसकेका छन्। यसवर्ष पनि बिद्यालयबाट ३० वर्षका आमादेखि ६० वर्षका हजुरआमाहरुले एसइई परिक्षामा सहभागिता जनाउँदै गरेको प्रधानाध्यापक देउजाको भनाई छ । 
    परिक्षामा सहभागि हुनेमध्ये सबै भन्दा बढी उमेरकी ६० वर्षीया सुमित्रा अधिकारी रहेकी छिन् । छोरीले पढ्नु हुन्न भन्ने सोचका कारण सानोमा पढ्न नपाएको बताउँने अधिकारी छिमेकी बहिनीको सहयोगमा ६ बर्ष अघि आस्था महिला बिद्यालयमा भर्ना भएको बताउँछिन् । छोरा, बुहारी र नानिनी अष्ट्रेलियामा बस्ने भएका कारण दुई पटक बिदेश भ्रमण गरिसकेको बताउँने अधिकारीको एसइई पछि उच्च शिक्षासम्म पढ्ने लक्ष्य रहेको छ। 

    त्यसैगरी पढ्ने हुटहुटीले सुर्यविनायक नगरपालिका–८ आशापुरीकी ३८ वर्षीय कुमारी तामाङ दैनिक २८ किलोमिटरको यात्रा गर्दै  दैनिक आस्था महिला बिधालय धाउँदैछिन् । दुईवटा सन्तान बिधालय पठाउन थालेपछि पढ्ने रहर पुरागर्न छ वर्ष अघिदेखि यो स्कुल आउन थालेको तामाङ बताउँछिन्। यसवर्ष एसइईमा राम्रो गरेर उच्च शिक्षासम्म अध्ययन गर्ने रहर कुमारीको छ ।

    भक्तपुरकै बालकोट पानीट्याङ्की निवासी ५० वर्षीया शोभा राईका चार सन्तानमध्ये तीन जना छोरी लामो समयदेखि अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्दैछन् ।  कान्छा छोरा ११ पढ्दै गरेका राईले पढ्ने उमेरमा बिधालय नजिकै घर भएपनि पढ्न आर्थिक अवस्था राम्रो नभएका कारण पढ्न पाएकी थिइनन् । छोराछोरीले पढेपछि भने उनीहरुकै आग्रहमा आफु आस्था महिला बिद्यालयमा आएर पढेको राई बताउँछिन् ।

    यसपटक एसइई उत्तिर्ण गरेर उच्च शिक्षा पढ्ने लक्ष्यसहित राईले घरधन्दासंगै दैनिक पढाईलाई चार÷पाँच घण्टा छुट्याउँदै आएकी छिन् । आस्था महिला बिद्यालयबाट मध्यपुर थिमिको धुन्चेपाखाकी ५५ वर्षीया सरला भण्डारी, भक्तपुरकै ५२ वर्षीया भवानी भुजेल, थिमिकै ४५ वर्षीया कृष्णमाया तकु, ४२ वर्षीया बिष्णु बर्मी, ३८ वर्षीया अम्विका अधिकारी,  देलखा घर भएकी ३७ वर्षीया कल्पना बिक, जुना आलेमगर र राधिका आचार्य एसईई परिक्षामा सहभागी हुनेछन् ।

    astha st.jpeg

    यी सबै सहभागिका छोराछोरी स्वदेश र बिदेशका नाम चलेका कलेजमा उच्च शिक्षा अध्ययन गर्दैछन् । कतिपयका छोराछोरीले त अध्ययन पुरा गरेर नाम चलेका स्थानमा जागिर समेत खान्छन् । बिधालय जान नपाएका हामी जस्ताका लागि यो बिधालयले ठुलो गुन लगाएको बताउँदै कल्पना बिक भन्छिन्, पहिले गाडीको नम्बर पनि हेर्न नजान्ने हामीलाई यो बिद्यालयमा पढ्न थालेपछि अहिले घर व्यवहार चलाउनसमेत धेरै सहज भएको छ । 
     बिहान र दिउसो गरि दुई समयमा पढाइ हुने आस्था महिला हाल एक सय ५० जना महिलाहरु अध्ययनरत छन् । बिधालयमा दरबन्दी, नीजि र राहत शिक्षक गरि १४ जना शिक्षकले पढाउँदै आएको सहायक प्रधानाध्यापक रमिता कार्कीले बताइन । बिधालयकि निमित्त प्रधानाध्यापक बिना देउजाका अनुसार, आफ्नो भवन नहुंदा पढाईमा समस्या हुदै आएको छ । 

    बिधालयकी प्रधानाध्यापक देउजाका अनुसार, बिद्यालय जाने उमेरमा बिभिन्न कारणले पढ्न नसकेकाहरुको संख्या धेरै रहेको महसुुुुुस गरेर स्थापना भएको बिधालयमा धेरै महिलाहरु अर्काको घरमा कामगर्दै पढाईलाई अघि बढाउँदै आएका छन् । अन्य सामुदायिक बिद्यालयले १० वर्षमा पढाउँदै आएको कोर्षलाई महिला आस्था बिद्यालयले पाँच÷छ वर्षमै पढाउँदै आएको छ । बिद्यालयले कक्षा १ देखि ३ सम्म एउटै कक्षामा राखेर बेसिक कक्षा पढाउँने गर्छ । बेसिक सकिएपछि भने बिद्यालयले ४, ५, ६, ७, ८, ९ र १० कक्षा छुट्टा छुट्टै रुपमा संचालन गर्दै आएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij