वनभोज टोली बोकेको बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

वनभोज टोली बोकेको बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • वनभोज टोली बोकेको बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

    गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिकाअन्तर्गत पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००ख०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

    ठक्करबाट मोटरसाइकलमा सवार मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उनकी भाउजू ५६ वर्षीया मनकला अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् । 

    दुर्घटनामा चार जना घाइते भएका थिए । दुई जनालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । 

    यस्तै, दुर्घटनामा मृतक मनकलाका नाति छ वर्षीय अनुभव गिरी र पैदल यात्री गाउँपालिका–६ राम्चेकी ४१ वर्षीया जमरपोखरा माध्यमिक विद्यालयकी शिक्षिका लिलावती अर्याल घाइते भएका छन् । घाइतेमध्ये गिरीलाई थप उपचारका लागि पाल्पा ‘रिफर’ गरिएको छ भने शिक्षिका अर्यालको गुल्मी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij