भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

    भक्तपुर । भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या पुगेको छ । जिल्ला निर्वाचन कार्यालयले भक्तपुरले आज यसबारे जानकारी दिँदै भक्तपुरमा एक लाख पाँच हजार २६५ महिला, एक लाख १४० पुरुष तथा पाँच जना अन्य मतदाता रहेको जनाएको छ । 

    जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम जिसीका अनुसार भक्तपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत चाँगुनारायण र भक्तपुर नगरपालिका क्षेत्रमा ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला मतदाता गरी कूल एक लाख सात हजार ५४  मतदाता रहेका बताए । 

    त्यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाभित्र ४८ हजार ७४ पुरुष, ५० हजार २७७ महिला र पाँच जना अन्य मतदाता गरी कूल ९८ हजार ३५६ मतदाता रहेका छन् । भक्तपुर निर्वाचन क्षेत्र नं १ मा ३७ मतदानस्थल र ११९ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं २ मा ३९ मतदानस्थल र ११४ मतदान केन्द्र गरी जिल्लामा कूल ७६ मतदानस्थल र २३३ मतदान केन्द्र निर्धारण गरिएको सूचना अधिकारी जिसीले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij