भक्तपुर । भक्तपुर अस्पतालको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा ज्ञानराम श्रेष्ठ नियुक्त भएका छन् । निवर्तमान अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष शशिजंग थापाले राजीनामा दिएपछि रिक्त भएको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
बागमती प्रदेश मन्त्री परिषद्को आइतबार सम्पन्न वैठकले थापाको राजीनामा स्वीकृति गरेर श्रेष्ठलाई नियुक्त गरेको हो ।