घरेलु उत्पादन प्रवर्द्धन मेला सम्पन्न, २२ लाख बराबरको व्यापार

घरेलु उत्पादन प्रवर्द्धन मेला सम्पन्न, २२ लाख बराबरको व्यापार

आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • घरेलु उत्पादन प्रवर्द्धन मेला सम्पन्न, २२ लाख बराबरको व्यापार
    भक्तपुर । स्थानीय संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुरको नःपुखु परिसरमा बिहीबारदेखि सुरु भएको तीन दिने १३ औँ घरेलु उत्पादन प्रवर्द्धन मेला–२०८२ शपनबार सम्पन्न भएको छ । 
     
    भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको आयोजनामा उद्योग वाणिज्य कार्यालय र गो लोकलको सहकार्यमा मेला सम्पन्न भएको हो । तीन दिनमा करिब ६५ हजारले मेला अवलोकन गरेको र विभिन्न स्टलबाट रु २२ लाख बराबरको व्यापार भएको जनाइएको छ । 
     
    मेलामा जुजु धौ, भादगाउँले टोपी, ख्वप बजी, घरबुना कपडा, काष्ठकला, हस्तकला, धातुकला, प्रस्तर कला, माटाका भाँडा, कृषि उत्पादन, तोरीको तेल, नेपाली अचार, पाउका प्रकारहरु, नेवारी खाजाका परिकार, च्याउका परिकार, नर्सरी तथा अन्य थुप्रै घरेलु उत्पादन प्रर्दशनीमा राखिएका थिए । 
     
    गो लोकलका संयोजक वीरेन्द्र जतिका अनुसार मेलामा घरेलु उत्पादनदेखि स्थानीय परिकारका ४२ भन्दा बढी स्टल रहेको थिए । प्रवेश निःशुल्क गरिएको मेलामा स्थानीय उत्पादन खरिद एवं अवलोकनका लागि भक्तपुर र आसपासका जिल्लाबाट उपभोक्ताको सहभागिता रहेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij