भक्तपुरमा घरेलु उत्पादन प्रवर्द्धन मेला आरम्भ

भक्तपुरमा घरेलु उत्पादन प्रवर्द्धन मेला आरम्भ

शुक्रवार, पौष ४ २०८२
शुक्रवार, पौष ४ २०८२
  • भक्तपुरमा घरेलु उत्पादन प्रवर्द्धन मेला आरम्भ
    भक्तपुर । संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनका उद्देश्यले भक्तपुरमा बिहीदेखि ऐतिहासिक नःपुखु परिसरमा तीनदिने १३औँ घरेलु उत्पादन प्रवर्द्धन मेला–२०८२ सुरु भएको छ । 
     
    भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको आयोजनामा उद्योग वाणिज्य कार्यालय र गो लोकलको सहकार्यमा सञ्चालित घरेलु उत्पादन मेलाको आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरे । भक्तपुर धेरै घरेलु उत्पादन हुने ठाउँ भएको र भक्तपुरमा स–साना मेला तथा उत्सवहरु समय समयमा भइरहनुले भक्तपुरको घरेलु उत्पादनको प्रयोग र खरिदमा जनतालाई उत्साहित गर्दै आएको बताए । नगरपालिकाले युवा उद्यमशील ऋणको व्यवस्था गर्दै आएको बताउँदै प्रमुख प्रजापतिले घरेलु उद्योगहरुलाई सक्दो सहज ऋणको व्यवस्था गर्नु उपयुक्त हुने बताए । 
     
    भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले स्थानीय सरकारको साथ र सहयोगले मात्र भक्तपुर घरेलु उद्योगहरु सञ्चालनमा सहजता मिल्ने बताए ।
     
    मेलामा जुजु धौ, भादगाउँले टोपी, ख्वप बजी, घरबुना कपडा, काष्ठकला, हस्तकला, धातुकला, प्रस्तर कला, माटाका भाडाहरु, कृषि उत्पादनहरु, तोरीको तेल, नेपाली अचार, पाउँका प्रकारहरु, नेवारी खाजाका परिवार र च्याउका परिकारहरु, नर्सरी तथा अन्य थुप्रै घरेलु उत्पादनहरु प्रर्दशनीमा राखिएको छन् । 
     
    प्रवेश निःशुल्क गरिएको मेला ५ गते सम्पन्न हुने र मेलामा ४२ भन्दा बढी कक्ष राखिएका छन् । मेलामा स्थानीय उत्पादनको खरिद एवं अवलोकनका लागि भक्तपुर र आसपासका जिल्लाबाट उपभोक्ताको घुइँचो लागेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij