सुनचाँदीको मूल्य निरन्तर बढ्दो,तोलामा कति ?

सुनचाँदीको मूल्य निरन्तर बढ्दो,तोलामा कति ?

बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • सुनचाँदीको मूल्य निरन्तर बढ्दो,तोलामा कति ?

    काठमाडौँ ।  आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुन आज एक हजार रुपैयाँले बढेको हो ।

    बुधवार प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीवार बढेर २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीवार चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ ।

    आज चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ । बुधवार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij