मदेइरामा सञ्चालित शिविरबाट १०० जनालाई कूटनीतिक सेवासहित १८ लाख राजस्व सङ्कलन

मदेइरामा सञ्चालित शिविरबाट १०० जनालाई कूटनीतिक सेवासहित १८ लाख राजस्व सङ्कलन

मंगलवार, मंसिर २३ २०८२
मंगलवार, मंसिर २३ २०८२
  • मदेइरामा सञ्चालित शिविरबाट १०० जनालाई कूटनीतिक सेवासहित १८ लाख राजस्व सङ्कलन

    लिस्बन (पोर्चुगल) । पोर्चुगलको सामुद्रिक टापु ‘मदेइरा’ मा सञ्चालित दुईदिने घुम्ती शिविरबाट १०० नेपालीले कूटनीतिक सेवा लिएका छन् ।

    लिस्बनस्थित नेपाली दूतावासको टोलीले मदेइरा आइल्याण्डको फुन्चालमा सञ्चालन गरेको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण ‘कन्सुलर’ सम्बन्धी शिविरमा उपस्थित भई ८१ जनाले जैविक विवरण (बायोमेट्रिक्स) उपलब्ध गराइ राहदानीका लागि अनुरोध गरेका हुन् । 

    शिविरबाट ७५ जनाको राहदानी नवीकरण, दुई जनाको हराएको राहदानी र चार बालबालिकाको नयाँ राहदानी (ई–पासपोर्ट) समेत गरी ८१ जनाको आवेदन सङ्कलन गरिएको नेपाली दूतावासले स्पष्ट गरेको छ ।

    राहदानी आवेदनका अतिरिक्त १५ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) सहित अन्य कागजात प्रमाणीकरण र चार जनाको राहदानी वितरण गरी कूल १०० सेवाग्राही नेपालीले सेवा लिएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिए । शिविरबाट करिब ११ हजार युरो अर्थात् रु १८ लाख ४० हजार राजस्व सङ्कलन भएको उनले बताए ।

    गत शनिबार र आइतबार सञ्चालित शिविरमा राहदानीको म्याद सकिएका, छ महिनाभन्दा कम भएका, राहदानी क्षति भएका, हराएका र बालबालिकासमेतको विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको दूतावासले जनाएको छ । यस्तै, तयारी अवस्थामा रहेका राहदानी वितरण, प्रहरी ‘रिपोर्ट’ सहित अन्य कागजात प्रमाणीकरण तथा अधिकृत वारेसनामा प्रमाणीकरणलगायतका ‘कन्सुलर’ सेवा प्रदान गरिएको थियो ।

    दूतावासले मदेइरा टापुमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गरेको हो । यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरी २०० नेपालीलाई सेवा दिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij