एनपिएलः जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

एनपिएलः जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

शुक्रवार, मंसिर १९ २०८२
शुक्रवार, मंसिर १९ २०८२
  • एनपिएलः जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

    काठमाडौं ।  राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक सय ३३ रनको लक्ष्य दिएको छ ।

    त्रिभुवन विश्वविद्यालय  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ३२ रन बनायो ।

    जसमा सङ्गीथ कुरेले सर्वाधिक ४५, मयन यादवले २७, आशिफ शेखले २० रनको योगदान गरे । लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले दुई–दुई विकेट झारे ।

    छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ ।  लुम्बिनीले जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छ । यदि यो खेल जनकपुरले जितेमा अङ्कतालिका रोमाञ्चक हुनेछ । जनकपुरको हालसम्म पाँच खेलबाट दुई अङ्कमात्र छ । जितेको खण्डमा चार अङ्क हुनेछ ।  त्यसपछि अन्तिम खेल बाँकी रहँदा सबै टोलीको प्रतिस्पर्धा बढ्नेछ ।

    प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अङ्कका साथ पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ । काठमाडौँ गोर्खाज र विराटनगर किङ्स प्लेअफमा सुरक्षित छन् । कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ ।

    मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij