नेप्सेम्याकद्वारा निर्मित प्रहरी विट हस्तान्तरण

नेप्सेम्याकद्वारा निर्मित प्रहरी विट हस्तान्तरण

बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • नेप्सेम्याकद्वारा निर्मित प्रहरी विट हस्तान्तरण

    भक्तपुर । नेप्सेम्याक शाखा कार्यालय भक्तपुरले मध्यपुर थिमी–५ स्थित राधेराधेमा प्रहरी विट र पार्क निर्माण गरेको छ । साे बिट र पार्क बुधबार औपचारिक रूपमा प्रहरीलाई हस्तान्तरण गरिएको छ । 

    मध्यपुर थिमी नगरपालिका–५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सरसफाइका कृयाकलापसँगै प्रहरी विट तथा मिनी–पार्कसहितको संरचना हस्तान्तरण गरिएको हो । 

    2.jpeg
    नेप्सेम्याकका निर्देशक बाबुराम चौंलागाईंले करिब साढे दुई लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्रहरी विट र मिनी–पार्कसहितको संरचना प्रहरी वृत्त थिमीका प्रमुख डीएसपी नवराज ढुंगानालाई  रूपमा हस्तान्तरण गरे । 

    3.jpeg

    कार्यक्रमका समुदायका अगुवाहरू, समाजिक अभियन्ता, स्थानीयवासी समेतकाे सहभागिता रहेको थियो । नेप्सेम्याकले पछिल्ला वर्षहरूमा मिनी पार्क संरक्षण, सरसफाइ प्रवर्द्धन, हरियाली विस्तार, प्लास्टिक न्यूनीकरण तथा समुदाय–प्रहरी सहकार्य जस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आएको नेप्सेम्याकका निर्देशक गोविन्द आचार्यले बताए । संस्थाले काठमाडौं, भक्तपुर, ललितपुर तथा काभ्रेपलाञ्चोकका बनेपा–धुलिखेल क्षेत्रसमेत गरी १५ स्थानीय तहमा फोहोर संकलन तथा सरसफाइ अभियानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको समेत आचार्यले जानकारी दिए ।

    4.jpeg

    1.jpeg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij