भक्तपुरमा ६७५ व्यापारीको नापतौल दर्ता

भक्तपुरमा ६७५ व्यापारीको नापतौल दर्ता

शनिवार, मंसिर ६ २०८२
शनिवार, मंसिर ६ २०८२
  • भक्तपुरमा ६७५ व्यापारीको नापतौल दर्ता

    भक्तपुर । भक्तपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय त्रिपुरेश्वरले भक्तपुरका छ सय ७५ व्यापारीको नापतौलका सामग्रीको नापतौल दर्ता एवं नवीकरण गराएको छ ।

    कार्यालयले व्यापारीका लागि भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका विभिन्न ठाउँमा आजसम्म सञ्चालन गरेको नापतौल सामग्रीको दर्ता तथा नवीकरण अभियानमा मध्यपुरथिमि नगरपालिकामा दुई सय ३४ जना व्यापारीसहित छ सय ७५ जनाले आफूले प्रयोग गर्दै आएका नापतौलका सामग्रीको नयाँ दर्ता तथा नवीकरण गराएका हुन् ।

    प्रत्येक वर्ष गरिने दर्ता तथा नवीकरणले व्यापारलाई सन्तुलन बनाई राख्ने र उपभोक्ताहरू तौलमा ठगिनबाट जोगिने कार्यालयको भनाइ छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij