कांग्रेस बागमती प्रदेश कार्यसमितिको १३औँ पूर्ण बैठक एवं प्रदेशसभा संसदीय दलको संयुक्त बैठक सुरु

कांग्रेस बागमती प्रदेश कार्यसमितिको १३औँ पूर्ण बैठक एवं प्रदेशसभा संसदीय दलको संयुक्त बैठक सुरु

शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • कांग्रेस बागमती प्रदेश कार्यसमितिको १३औँ पूर्ण बैठक एवं प्रदेशसभा संसदीय दलको संयुक्त बैठक सुरु

    भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको १३औँ पूर्ण बैठक एवं प्रदेशसभा संसदीय दलको संयुक्त बैठक भक्तपुरको नगरकोटमा आजदेखि सुरु भएको छ । 

    कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बैठक उद्घाटन गर्दै उनले कांग्रेसको क्रियाशील सदस्यको विवाद टुङ्ग्याएर मात्रै महाधिवेशनको मिति तय गरेर एक ढिक्का भएर जानुपर्ने बताए । 

    कांग्रेस केन्द्रीय समितिको बैठकमा निर्वाचन अगाडि र निर्वाचन पछाडिको कार्यतालिका सार्वजनिक भएसँगै दलका नेता तथा कार्यकर्तामा अन्योलता छाएको उनले बताए । 

    582548175_774851202263540_5517310521588205743_n.jpg

    पार्टीको केन्द्रीय बैठकमा महाधिवेशनको दुई वटा तालिका सार्वजनिक गरेर विवादमा ल्याएर कांग्रेसको अस्तित्व सिद्धिने बताउँदै मुख्यमन्त्री बानियाँले भने “केन्द्रीय समिति बैठकले पहिला विधान समिति बनाओस्, क्रियाशील सदस्य छानबिन समिति बनाओस् र त्यसपछि छानबिन समितिले प्रतिवेदन बुझाएको १५ दिनभित्र महाधिवेशनको मिति तोक्ने काम होओस्, महाधिवेशन निर्वाचन अगाडि र पछाडि भनेर विवाद नगरोस् ।”

    चुनावमा टिकट बाँड्न पाइन्छ भन्ने बजारमा अनावश्यक हल्ला चलाएर कांग्रेस अगाडि जान नसक्ने बताउँदै उनले जो सभापति भए पनि सबैलाई मिलाएर अधिकतम सहमतिमा टिकट नबाँडे कांग्रेसले अस्तित्व नरहने बताए । बागमती प्रदेशको दुई दिन चल्ने बैठकले घनीभूत छलफल गरेर केन्द्रीय समितिलाई सुझाव दिने उनले बताए । 

    581964068_1989848391814570_800218458586589064_n.jpg

    कार्यक्रममा कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले प्रदेशको बैठकपछि कांग्रेसलाई एक ढिक्का बनाएर लजाने सन्देश दिँदै कांग्रेस भक्तपुरले छिट्टै ७७ वटै जिल्लाका कांग्रेस जिल्ला सभापतिहरूको भेला पनि भक्तपुरमै गर्ने तयारी गरेको बताए । 

    जिल्ला सभापति थापाले भने, “अहिलेको परिस्थितिमा पार्टीलाई एकताबद्ध बनाएर कसरी लैजाने, पार्टी नेतृत्वमाथि भएको हमलाको समीक्षा गर्ने र पार्टीलाई मजबुद्ध बनाएर लैजानुपर्ने बेलामा धमिलो पानीमा माछा मारेर नेतृत्व हत्याउला भन्ने मनसायले चलखेल गर्न हुन्न ”

    582051089_1317726140036370_4841750326748852042_n.jpg

    कार्यक्रममा संयोजक कृष्णलाल भँडेलले पार्टी एकतालाई खल्बल्याउने गरी जान नहुने बताउँदै उनले महाधिवेशनमा जानु अगाडि पार्टीभित्रका सबै विवादलाई टुङ्याएर जानुपर्ने बताए । बैठकमा प्रदेश समितिका १३० जना सदस्य, ३७ जना पार्टीका प्रदेशसभा सदस्य, १३ जिल्लाका १३ जिल्ला सभापतिहरू गरी १८० जनाको सहभागिता रहेको बताए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij