गण्डकी प्रदेशमा सरकार पुनर्गठन, मनाङे चौथोपटक बने मन्त्री

गण्डकी प्रदेशमा सरकार पुनर्गठन, मनाङे चौथोपटक बने मन्त्री

सोमवार, चैत्र ५ २०८०
सोमवार, चैत्र ५ २०८०
  • गण्डकी प्रदेशमा सरकार पुनर्गठन, मनाङे चौथोपटक बने मन्त्री

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सोमबार मुख्यमन्त्री पाण्डेले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) लाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

    मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङे चौथोपटक गण्डकीको मन्त्री बनेका हुन् । यसअघि आइतबार मात्रै मनाङेले आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए । यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ । 

    यसअघि भौतिक पूर्वाधारमा माओवादीका रेशमबहादुर जुग्जाली र सामाजिकमा सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै फागुन २२ गते मुख्यमन्त्री पाण्डेले उनीहरूलाई बर्खास्त गरेका थिए । त्यसको भोलिपल्ट माओवादीले सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij