काठमाडौं । सडक दुर्घट्नामा परेर एक मालपोत प्रमुखको मृत्यु भएको छ । रुपन्देहीको भैरहवा अन्तर्राष्ट्रिय बिमानस्थाल नजिकै कार र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नम्बरको कार गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थलअगाडि मोटरसाइकलसँग ठोक्किँदा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख तिलक रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, रावत चढेको मोटरसाइकल र कार विमानस्थल गेटअगाडि सडकमा ठोक्किएका थिए । ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।