निरङ्कारी सन्त समागममा हजारौँ भारतीयसहित उल्लेख्य उपस्थिती

निरङ्कारी सन्त समागममा हजारौँ भारतीयसहित उल्लेख्य उपस्थिती

आइतवार, चैत्र ४ २०८०
आइतवार, चैत्र ४ २०८०
  • निरङ्कारी सन्त समागममा हजारौँ भारतीयसहित उल्लेख्य उपस्थिती
    भक्तपुर । सन्त निरङ्कारी मण्डल नेपालको आयोजनामा  भक्तपुरको सल्लाघारीमा शनिबारदेखि सुरु २३औँ निरङ्कारी सन्त समागममा भारतीयहरुको उल्लेख्य उपस्थिति रहेको छ । 
     
    पहिले मानव बन, एकलाई जान, एकलाई मान र एक होऔँ भन्ने मूल नाराका साथ विश्व भाइचारा एवं शान्ति स्थापनाको उद्देश्यले यसवर्ष नेपालमा आयोजित समागममा भारतीयसहित विभिन्न देशबाट आएका अनुयायीको भीड लागको सन्त निरङकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावतले बताए। 
    4.jpg
     
    शनिबार बिहानदेखि सुरु उक्त कार्यक्रममा सतगुरु माता सुदीक्षाजी महाराजले शान्ति ज्ञान प्रवचन दिनेछन् । शनिबार नेपाली, नेवारी, हिन्दीलगायत विभिन्न भाषामा विभिन्न व्यक्तित्वबाट प्रवचन दिइएको र आज पनि प्रवचन एवं प्रदर्शनी जारी रहेको उनले बताए । 
     
    आज पनि बिहानैदेखि विभिन्न कार्यक्रम सुरु भएको र दिउँसो १ बजेदेखि साँझसम्म सुदीक्षाजी महाराजको प्रवचन हुनेछ । सन्त निरङकारी मण्डल भारत दिल्लीका विदेश विभाग इन्चार्ज विनोद बोहराले यहाँ जारी समागमले विश्वमा शान्ति कायम गर्न र सबैमा भाइचाराको सम्बन्ध गास्दै विश्व शान्तिको सन्देश प्रवाह गर्न सफल भएको उल्लेख गरे ।  उनले यो मिसन कुनै धर्म प्रचार नभएको बताएका छन् । कार्यक्रममा हिन्दू, मुस्लिम, ईशाईलगायत सबै धर्म, विचार, जातिको सहभागिता रहेको उनको भनाइ छ । 
    5.jpg
     
    कार्यक्रममा मण्डलका क्षेत्रीय इन्चार्ज एवं काठमाडौंँ प्रमुख बाबुराज महर्जनले समागममा आएका सबैलाई निःशुल्क खाना, पानी, बस्ने, सुत्ने, शौचालय, स्वास्थ्य शिविरको व्यवस्था गरिएको बताए । उनले भारतबाट आएका करिब एक हजार एक सय सुरक्षा स्वयंसेवक र नेपालका सात सय महिला र पाँच सय पुरुष गरी एक हजार दुई सय सुरक्षा स्वयंसेवकमार्फत कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था मिलाइएको बताए । नेपालमा रहेका ४५ हजार अनुयायीमध्ये २० हजारभन्दा बढी समागममा सहभागी भएको उनको भनाइ छ । 
     
    मण्डलका मिडिया विभाग संयोजक प्रिमल सिंहले विश्वबन्धुत्व लागि नेपालमा दुईदिने प्रवचनसहितको विश्व अभियान सञ्चालन भएको बताए। उनले अभियान स्वेच्छिक अनुदानबाट सञ्चालित भइरहेको बताएका छन् । 
    6.jpg
     
    उनले नेपालमा सन् २०२० मा अछामबाट सुरु भएको सन्त निरंकारी अभियानमा काठमाडौँ जिल्ला प्रशासनमा दर्ता गरी ३९ जिल्लामा एक सय २५ वटा भवन स्थापना गर्दै सत्सङ सञ्चालन भइरहेको बताए। उनले यस अभियानबाट १२ लाख १६ हजार दुई सय १७ युनिट रगत सङ्कलन गरेको बताए ।
     
    अन्र्तमनको सुकुन एवं शान्तिको दिव्य सन्देशलाई विश्वभर फैलाउने उद्देश्यले सन् १९२९ मा भारतको पेशावरबाट बाबा बुटा सिंहले सुरु गरेको यो अभियान सन् १९४३ मा बाबा अवतार सिंहले, सन् २०६२ मा बाबा गुरबचन सिंहले सन् १९८० बाट बाबा हरदेव सिंहले, सन् २०१६ बाट माता सविन्दर हरदेवले र सन् २०१८ बाट सत्गुरु माता सुदीक्षाजीले यो मिसन सञ्चालन गर्दै आएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij