भक्तपुर । माटोको ढिस्कोले पुरिएर आज भक्तपुरमा एक किशोरको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका –९ ताथली स्थित ताथली ईको भ्याली रिसोट नजिकै रहेको खाली जग्गामा वाल लगाउन जग खन्ने क्रममा मंगलवार मध्यान्ह माटोको ढिस्को खस्न गई १६ वार्षिय किशोरको ज्यान गएको हो ।
मृत्यु हुनेमा मकवानपुरको भिमफेदी गाउँपालिका –६ उर्लाबारी घर भई भक्तपुर चाँगुनारायण नगरपालिका –९ हलाल गाँउ बस्ने १६ वार्षिय जसन स्याङतान रहेको प्रहरीले जनाएको छ । माटोको ढिस्कोले पुरिएको अवस्थामा प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि ख्वप अस्पताल च्यामासिंह लगेकोमा उपचारकै क्रममा मंगलवार दिउँसो दुुई वजे स्याङतानको मृत्यु भएको बताइएको छ।
घटनाका सम्बन्धमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुुरले जनाएको छ ।