चाँगुनारायणमा विदेशी पर्यटक, वार्षिक एक करोड १९ लाख आम्दानी

चाँगुनारायणमा विदेशी पर्यटक, वार्षिक एक करोड १९ लाख आम्दानी

बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • चाँगुनारायणमा विदेशी पर्यटक, वार्षिक एक करोड १९ लाख आम्दानी

    भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत  चाँगुनारायण मन्दिरमा बितेका एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटक आएका छन् । 

    चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट पाँच हजार ७५६ पर्यटकको आगमन भएको हो । त्यसबाहेक युरोपेली देशबाट २५ हजार ४५९ पर्यटकको आएका छन् ।  

    विदेशी पर्यटकबाट चाँगुनारायणले  एक करोड १९ लाख १० हजार ४०० राजस्व सङ्कलन गरेको छ । भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति  ३०० का दरले पर्यटन शुल्कबापत १७ लाख २६ हजार ८०० राजस्व सङ्कलन भएको हो । त्यस्तै अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति  ४०० का दरले एक करोड एक लाख ८३ हजार ६०० सङ्कलन भएको उनले जानकारी दिए । 


    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन शुल्कबापत सङ्कलन भएका रकमलाई नगरपालिकाले चाँगुनारायण क्षेत्रसँगै नगरभित्रका विभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गर्दै आएको बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij