‘चाँगुनारायणमा कला, कलामा साहित्य महोत्सव’ को तयारी पूरा

‘चाँगुनारायणमा कला, कलामा साहित्य महोत्सव’ को तयारी पूरा

शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • ‘चाँगुनारायणमा कला, कलामा साहित्य महोत्सव’ को तयारी पूरा
    भक्तपुर । विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक चाँगुनारायण मन्दिरमा भानु जयन्तीका अवसर चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गर्न लागेको ‘चाँगुनारायण कला, कलामा साहित्य महोत्सव’ को तयारी पूरा भएको छ । 
     
    नगरपालिकाले नगरकोट भ्रमण वर्ष–२०८२ को कार्यक्रमअन्तर्गत यही असार २९ गते महोत्सव आयोजना गर्दैछ । मन्दिर परिसरमा आयोजना गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयका सदस्यसचिव एवं नगरपालिकाका पर्यटन शाखा प्रमुख गोविन्द कट्टेलले जानकारी दिए । 
     
    कला र साहित्यको संयोजनलाई एकै ठाउँमा जोड्दै चाँगुनारायणदेखि नगरकोटसम्मका प्रमुख पर्यटकीय गन्तव्यलाई विश्वभरका पर्यटकमाझ पुर्याउने लक्ष्यका साथ कलाकारले कोरेको चित्रमा साहित्यकारले कविता रचना गरेर वाचन गर्नेगरी महोत्सवको आयोजना गरिएको उनले आज सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
     
    चित्र हेर्दै कोरेका कवितालाई चर्चित कविहरु डा सुलोचना मानन्धर, पुरु लम्साल, स्नेह सायमी, श्रवण मुकारुङ, नारायण श्रेष्ठ, गीता त्रिपाठी, मणि लोहनी, अभय श्रेष्ठ, सन्ध्या पहाडी, राधिका कल्पित, हरिहर तिमिल्सिना र विमला तुम्खेवाले वाचन गर्नेछन् । 
     
    यसैगरी, विना थिङ, लक्ष्मी माली, जुनु घिमिरे, दधिराम गेलाल, लक्ष्मी रुम्वा, लक्ष्मी थापा, प्रगति राई, अनन्त वाग्ले, धर्मेन्द्रविक्रम नेम्वाङ, दीपक सापकोटा, गुरुङ सुशान्त, अमनप्रताप अधिकारी, सीता तुम्खेवा, स्वप्तिन स्मृति, डा सरोज धिताल, नरेन्द्रकुमार गेलाल, अप्सरा लावती, विप्लव प्रतीक, रामशरण न्यौपान, रामगोपाल आसुतोष र कविराज घिमिरेले समेत कविता वाचन गर्ने ।
     
    उनीहरूले चाँगुनारायणका सम्पदा एवं पर्यटकीय क्षेत्रहरू चाँगुनारायण मन्दिर, ज्योर्तिलिङ्गेश्वर, मत्स्यनारायण, नगरकोट भ्याली भ्यू, विष्णु नारायण, तामाङ समुदायको सांस्कृतिक नृत्य, त्रिशूल, रानीझुला, महामञ्जुश्री, वाल्मीकेश्वर, मुहान पोखरी, बोझिनी ड्याम, बाँस्तोला गाउँ होमस्टे, सरस्वती मन्दिर, मनोहराफाँटलगायतका विभिन्न चित्रलाई कवितामा उतारेर वाचन गर्नेछन् 
     
    कार्यक्रमका लागि चित्रकारहरु दीपेन्द्रमान बनेपाली, मुकेश श्रेष्ठ, प्रकाश मानन्धर, कान्छाकाजि भासिमा, राजेन्द्रप्रसाद याकामी, लक्ष्मीप्रसाद खोतेजा, पुण्यराम मावा, पर्वत श्रेष्ठ, जुजुभाइ वासं श्रेष्ठ, अशुराम खाइजु, मङ्गलकृष्ण प्रजापति, राजन श्रेष्ठ, रामशरण प्रजापति, सरोज लामिछाने, गौरीमाया कोजु, दीपेशमान सिं प्रधान, झलक केसी, अञ्जन अधिकारी, चन्द्रा श्रेष्ठ, राधेश्याम कर्माचार्य, किशोर नकर्मी, चन्द्र श्रेष्ठ गरी २२ कलाकारले क्यान्भासमा यहाँका सम्पदाहरुलाई चित्रमा उतार्नु भएको छ ।
     
    नेपालकै पुरानो ऐतिहासिक संरचना र धार्मिक धरोहरका रुपमा रहेको चाँगुनारायण र यहाँको सम्पदालाई विश्वमाझ पु¥याउन नगरपालिकाले भ्रमण वर्ष आयोजना गरेका सन्दर्भमा महोत्सव आयोजना गर्न लागिएको नगरप्रमुख जीवन खत्रीले बताए । उनले भने,“कलाकारले उतारेका चाँगुनारायणभित्रका सम्पदा एवं पर्यटकीय क्षेत्रका चित्रको प्रदर्शनीसमेत गरिने उक्त कार्यक्रममा वरिष्ठ कलाकार र साहित्यकारले भ्रमण वर्ष लक्षित विभिन्न प्रदर्शनीमा रहेका चित्रलाई कवितामा उतार्ने र तिनलाई वाचन गर्दै महात्सव मनाउने छौँ । चित्रकारसँग कविलाई जोड्दै सम्पन्न हुने यस महोत्सवले पर्यटन विकासमा टेवा पुर्याउने विश्वास लिएका छौँ ।”
     
    महोत्सवमा ३३ कविहरूले कविता वाचन गर्ने र २३ कलाकारले कोरेका चित्रहरू प्रदर्शनीमा राखिने छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij