भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिमचरणमा

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिमचरणमा

बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिमचरणमा

    भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडकमार्गको रूपमा रहेको भक्तपुर–नगरकोट १५ किलोमिटर सडकखण्ड कालोपत्र कार्य अन्तिमचरणमा पुगेको छ । 

    विगत १२ वर्षदेखि जीर्ण रहेको उक्त सडकखण्ड चाँगुनारायण नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गर्दै एक महिनादेखि स्तरोन्नति एवं कालोपत्र कार्य सुरु गरेको थियो । 

    नगरप्रमुख जीवन खत्रीले गत वैशाखदेखि सुरु गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ लाई लक्षित गर्दै नगरपालिकाले आन्तरिक स्रोतबाट सडक स्तरोन्नति एवं कालोपत्रकार्य सुरु गरेको बताए । 

    शारदा कन्स्ट्रक्सनले विगत १२ वर्षदेखि ठेक्का लिएर काम नगरेपछि सरकारले ठेक्का रद्ध गरेलगत्तै नगरपालिकाले रु १७ करोडको बोलपत्र आह्वान  गरी काम सुरु गरेको उनले जानकारी दिए । “यो सडक एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने गरी २०७१ जेठ २२ गते सम्झौता भएको थियो । शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त रुपमा निर्माण गर्ने सम्झौता थियो, तर काम हुनसकेन”, नगरप्रमुख खत्रीले भने । 

    nagarkot sadak 1.jpeg

    सम्झौता गरेको ११ वर्षमा १०आँै पटक म्याद थप गरेर लागत बढाउदै रु ३३ करोड पु¥याउँदा पनि विभिन्न बाहना गर्दै सडक निर्माण सम्पन्न नगरेपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्ध गरेको थियो । 

    “चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट भ्रमण वर्ष नगरकोटको मात्रै नभइ सिङ्गो देशको महोत्सव हो, यही सडकका कारणले महोत्सवमा समस्या आउन दिनुहुँदैन । त्यसैले नगरपालिकाले प्रतिबद्धताअनुसार काम गरेका हौँ”, उनले भने,“अब एक सातामा कालोपत्र सम्पन्न हुन्छ । सोहीअनुसार हामी सबै आआफ्नो जिम्मेवारी अनुसार काममा खटिरहेका छौँ ।”

    सडकको पेटी बनाउने, ड्रेन बनाउनेलगायतका काम भने केन्द्रीय सरकारले गर्नेगरी मौखिक सहमतिपछि नै नगरपालिकाले कालोपत्रका लागि ठेक्का सम्झौता गरेर काम सुरु गरेको नगरपालिकाले जनाएको छ ।  
    सडक पुनःनिर्माण एवं स्तरोन्नतिको प्रगति र अवस्थाबारे आज नगरप्रमुख खत्रीसहितको टोलीले अवलोकन एवं अनुगमन गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij