ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते

बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते

    ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय  हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएका स्थानीय मौसम सेलिङले जानकारी दिए । 

    घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij