पञ्चमहालक्ष्मी मन्दिरमा ज्ञान महायज्ञ हुने

पञ्चमहालक्ष्मी मन्दिरमा ज्ञान महायज्ञ हुने

मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • पञ्चमहालक्ष्मी मन्दिरमा ज्ञान महायज्ञ हुने
    भक्तपुर । चाँगुनारायण नगरपालिकाको छालिङमा यही असार २२ देखि आगामी कात्तिक १९ गतेसम्म चातुर्मास्य ज्ञानमहायक्ष सञ्चालन हुने भएको छ । 
     
    श्रीवन धाममा रहेको पञ्चमहालक्ष्मी मन्दिरको अक्षयकोष स्थापनाका लागि उक्त यज्ञ हुन लागेको हो । सङकल्पकर्ता अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, आचार्य सुदर्शन बडाललगायतले कथा वाचन गर्नेछन् । 
     
    असार महिनाको हरिशयनी एकादशीमा आरम्भ भइ कात्तिक महिनाको हरिबोधिनी एकादशीपछिको पूर्णिमासम्म यज्ञ सञ्चालन हुने महायज्ञ मूल आयोजक समितिका संयोजक स्वामी श्रीवासुदेव प्रपन्नाचार्यले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij