भक्तपुर । एसईईको नतिजा आज सार्वजनिक हुने भएको छ । परिक्षफल प्रकाशित गर्ने तयारी स्वरुप राष्ट्रिय परीक्षा बोर्डको वैठक आजै बस्न लागेको छ ।
नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका एक अधिकारीका अनुसार बैठक आज अपरान्ह ५ बजे बैठक बसेर आजै नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ।
यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।