गण्डकी प्रदेशसभा : बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

गण्डकी प्रदेशसभा : बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • गण्डकी प्रदेशसभा :  बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

    गण्डकी । गण्डकी प्रदेशसभामा प्रदेश सरकारको आगामी वर्ष २०८२/०८३ को बजेट तथा मन्त्रालयगत विनियोजनमाथि छलफल जारी छ । 

    प्रदेशसभाको आजको बैठकमा मन्त्रालयगत विनियोजनका विषयमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए । 

     वटा मन्त्रालयका मन्त्रीले आज र बाँकीले शुक्रबारको बैठकमा जवाफ दिने उनले बताए । यही असार १ गते प्रस्तुत भएको आगामी आवको बजेटमाथि असार ४ गतेदेखि प्रदेशसभामा छलफल सुरू भएको थियो । बजेट र मन्त्रालयगत विनियोजनमाथिको छलफल सकिएपछि बजेट पारितका लागि प्रदेशसभा बैठकमा निर्णायार्थ पेस हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij