लुम्बिनी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी

लुम्बिनी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी

आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • लुम्बिनी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी

    काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    बर्दियाकी समानुपातिक सांसद रायमाझीविरुद्ध जिल्ला अदालत पर्साले जेठ १६ गते नै बैंकिङ कसूरको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । पर्साको पोखरियाकी आशाकुमारी चौहानले रायमाझीविरुद्ध उजुरी दिएकी थिइन् ।

    ३ लाख २५ हजार रुपैयाँको चेक बाउन्स भएको कसूरमा रायमाझीविरुद्ध पुर्जी आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij