गण्डकी प्रेदशसभा आजदेखि बजेटमा छलफल

गण्डकी प्रेदशसभा आजदेखि बजेटमा छलफल

बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • गण्डकी प्रेदशसभा आजदेखि बजेटमा छलफल

    गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२/८३ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ ।

    विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए। 

    बजेटमाथि यही असार १२ गतेसम्म प्रदेशसभामा छलफल भएपछि १३ गतेको बैठकमा निर्णयार्थ पेस हुने उनले बताए । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले गत आइतबार प्रदेशसभा बैठकमा आगामी आव २०८२/०८३ का लागि रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट प्रस्तुत गरेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij