शैक्षिक गुणस्तरमा सुधार गर्न खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक नियुक्त

शैक्षिक गुणस्तरमा सुधार गर्न खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक नियुक्त

बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • शैक्षिक गुणस्तरमा सुधार गर्न खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक नियुक्त
    भक्तपुर, । सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न जनप्रतिनिधिलाई विद्यालय व्यस्थापन समितिका अध्यक्ष नियुक्त र खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक नियुक्त गरेको दुई वर्षमा गरेको छ । 
     
    नगरपालिकाले आयोजना गरेको दुई दिने सामुदायिक विद्यालयको अध्यक्ष र प्रधानाध्यापकको समिक्षात्मक गोष्ठीमा नगरपालिकाभित्र रहेका २७ सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर र विद्यार्थी सङ्ख्या वृद्धिमा व्यापक वृद्धि गरेको निष्कर्ष आज सम्पन्न गोष्ठीले निकालेको हो ।
     
    समीक्षामा २७  विद्यालयका प्रधानाध्यापकहरुले प्रस्तुत गर्नुभएको विद्यालयको प्रगति र शिक्षा मन्त्रालय अन्तरगतका विज्ञहरुले गरेको मूल्याङ्कनको आधारमा नगरपालिकाले सुरु गरेको जनप्रतिनिधिलाई अध्यक्ष र खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तले विद्यालय शिक्षा सिकाइमासमेत सुधार भएको निष्कर्ष निकालेको हो ।
     
    कार्यक्रममा नगरपालिकाका प्रमुख वासुदेव थापाले शैक्षिक गुणस्तर वृद्धि गर्दै शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय र योग्य व्यक्तिलाई प्रधानाध्यापक बनाउनुपर्छ भन्ने मान्यतालाई निर्णय गरेको दुई वर्षमै व्यापक शैक्षिक गुणस्तमा वृद्धि भएको बताए । 
     
    उनले भने, “सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्दै स्थानीय सबै बालबालिका सामुदायिक विद्यालयमा आउँन सक्ने वातावरण बनाउनुपर्छ, त्यसका लागि के कति बजट चाहिन्छ भन्नुस् हामी दिन्छौँ, बजेट हाम्रो शैक्षिक गुणस्तर तपाईहरुको ।”
     
     
    कार्यक्रममा उपप्रमुख सरिता तिमल्सिना भट्टराईले विद्यालयलाई सुधार भएको नतिजा परीक्षाफलमा पनि देखिनुपर्ने बताउँदै शैक्षिक सुधारमा सबैभन्दा ठूलो भूमिका प्रधानाध्यापको नै भएकाले आमनागरिकमा नतिजा देखिने गरी काम गर्नुपर्ने बताए । 
     
    खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेपछिको पछिल्लो दुई वर्षमा आएको सुधारले नगरपालिकाले गरेको नौलो अभ्यास सफल भए पनि विज्ञले दिनुभएको सुझावलाई ग्रहण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा अझै लाग्नुपर्नेमा जोड दिए।
     
    सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रवीन्द्र सापकोटाले सूर्यविनायकको सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थी सङ्ख्यासमेत बढेको बताए। नगरभित्र सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त भएपछि गुणस्तरमा सुधार भई विद्यार्थीको सङ्ख्या बढ्दो क्रम रहेको कतिपय विद्यालयमा भर्ना अभियान सुरु नहँुदै विद्यार्थी थेग्नै नसक्ने गरी भर्नाको सिट सङ्ख्यानै भरिने अवस्था आउनु खुसीको विषय भएको बताए । 
     
    कार्यक्रममा शिक्षाविदद्वय डा तुलसीप्रसाद थपलिया र डा बलराम तिमल्सिनाले २७ वटै विद्यालयको प्रस्तुति र अन्तरक्रियाबाट गरिएको मूल्याङ्कन सुनाउँदै आगामी दिनमा थप परिणाम तथा नतिजामुखी बनाउन गर्नुपर्ने कार्यका बारेमा सुझाव दिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij