राधेराधेस्थित सङ्गमेश्वर महादेव मन्दिरमा धार्मिकोत्सव  सहित देवीदेवताको मूर्ति  स्थापना

राधेराधेस्थित सङ्गमेश्वर महादेव मन्दिरमा धार्मिकोत्सव  सहित देवीदेवताको मूर्ति  स्थापना

बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • राधेराधेस्थित सङ्गमेश्वर महादेव मन्दिरमा धार्मिकोत्सव  सहित देवीदेवताको मूर्ति  स्थापना

    भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनीेस्थित सङ्गमेश्वर महादेव मन्दिरमा विभिन्न देवीदेवताका मूर्ति स्थापना गरी प्राणप्रतिष्ठा एवं धार्मिकोत्सव  आयोजना गरिएको छ ।

    सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाद्वारा आयोजित सोे धार्मिक उत्सवमा मन्दिरमा स्थापना गरिएको सप्तऋषि, नवग्रह र अष्ट चिरञ्जीवीको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा गरिएको थियो ।  संस्थाका अध्यक्ष मोहनबरसिंह प्रधानले मध्यपुरथिमि –५ र ९ का सङ्गमस्थलमा रहेको मन्दिर सङ्गम कोलानी, राधेराधे, निकोसेरालगायतका बासिन्दाका आस्थाको धरोहर रहेको बताए ।  उनका अनुसार मन्दिरमा यसअघि पनि विभिन्न देवीदेवताका मूर्ति स्थापना गरेर प्राण प्रतिष्ठा गरिएको थियो । अध्यक्ष प्रधानले भने, “मन्दिर निर्माणलाई पूर्णता दिन २०७४ सालमा महायज्ञ लगायौँ, महायज्ञबाट करिब रु ४१ लाख जोगायौँ, तत्कालीन सांसद महेश बस्नेतकोे सांसद कोषबाट रु पाँच लाख,  मध्यपुरथिमि नगरपालिकाबाट दुई पटक गरेर रु १८ लाख र स्थानीय दाताबाट प्राप्त दानबाट रकम सङ्कलन गरी मन्दिर, सत्तललगायतका सुन्दर संरचना निर्माण गरेका छौँ, अहिले पनि मन्दिरमा मूर्ति एवं देवीदेवताको स्थान थप्ने कार्य जारी छ ।”

    पाँच आना क्षेत्रफलमा परम्परागत शैलीमा सत्तल, शिवको आकर्षक मन्दिर निर्माण गर्नुका साथै मन्दिरमा तामा र पित्तलको छानो हाल्ने कार्य, सत्तलमा काठको आकर्षक झ्याल हाल्ने, मन्दिरमा पर्खाल र फलामको बार, गेट हालेर सुरक्षित गर्ने, मन्दिरभित्र अन्य देवताका मूर्ति स्थापना गर्ने कार्य सम्पन्न गरेको उनले बताए।

    संंस्थाले मन्दिरमा नित्य पूजा गर्न, रेखदेख गर्ने, दैनिक नित्य पूजा तथा आरती गर्नका लागि पूजारीसमेत नियुक्त गरेको र अहिले हरेक सोमबार साँझ ६ बजेबाट भजन र साँझ ७ बजे विशेष आरती हुने गरेको बताए । सङ्गम कोलोनीमा विभिन्न समुदायका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न धार्मिक कार्य गर्ने, साउनको सोमबार, महाशिवरात्रि, जनैपूर्णिमा, अक्षय तृर्तीया, तीज, एकादशीलगायतका विभिन्न तिथि एवं पर्वमा मेलानै लाग्ने गरेको अध्यक्ष प्रधानले बताए । 

    बासिन्दाबीच एकताको सुत्रमा बाध्येकार्य यस संस्थाले गरेको जनाउँदै उनले सबै जातजाति, भाषा, धर्म, संस्कृतिबीच यहाँ एकता बनाउने कार्य संस्थाले अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij