कुटपिटबाट घाइते किशोरको मृत्यु

कुटपिटबाट घाइते किशोरको मृत्यु

बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • कुटपिटबाट घाइते किशोरको मृत्यु

    दाङ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ । नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका १४ वर्षीय विराज गिरीको मृत्यु भएको हो । 

    प्रहरीका अनुसार, गिरीको टाउकोमा गम्भीर चोट लागेको थियो । तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडा कुटपिटमा परिणत भएको थियो । घट्नामा संलग्न रहेको अभियोगमा वलीलाई नियन्त्रणमा लिइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij