सेनाको मेजर र प्रहरीको डिएसपी भन्दै ठगी गर्ने दुई जना भक्तपुरबाट पक्राउ

सेनाको मेजर र प्रहरीको डिएसपी भन्दै ठगी गर्ने दुई जना भक्तपुरबाट पक्राउ

शनिवार, जेठ १७ २०८२
शनिवार, जेठ १७ २०८२
  • सेनाको मेजर र प्रहरीको डिएसपी भन्दै ठगी गर्ने दुई जना भक्तपुरबाट पक्राउ

    भक्तपुर । नेपाली सेनाको मेजर र नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डीएसपी) भएको भनी सर्वसाधारणलाई झुक्याउँदै ठगी गर्ने दुई व्यक्तिहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको छ ।

    प्रहरीका अनुसार, २०८२ जेठ १५ गते साँझ करिब ४:०० बजे भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१, कौशलटारस्थित बाटोमा बा.प्र.०१-००२ ज ६७३९ नम्बरको इन्ड्राइभ ट्याक्सीमा सवार एक व्यक्ति आफुलाई नेपाली सेनाको मेजर भएको दाबी गर्दै ट्याक्सी चालकलाई धम्क्याएका थिए । अनुसन्धानका क्रममा ती व्यक्ति रामेछाप मन्थली नगरपालिका–७ स्थायी घर भई हाल भक्तपुरको ताथलीमा बसोबास गर्ने ३८ वर्षीय रुद्रराज कार्की रहेको खुलेको छ । उनले ट्याक्सी चालक मनोज न्यौपानेलाई भाडा नदिई धम्क्याएका थिए ।

    त्यस्तै, अर्को घटनामा २०८२ जेठ १६ गते दिउँसो करिब ४:०० बजे मध्यपुरठिमी नगरपालिका–२, दिव्यश्वरीस्थितमा आफुलाई नेपाल प्रहरीको डीएसपी संजय यादवको नाममा चिनाउँदै ठगी परेका व्यक्तिहरूसँग पैसा असुल गरिदिने भन्दै अर्को व्यक्तिले झुक्याउने प्रयास गरेको प्रहरीको भनाइ छ । घटनास्थलबाट पक्राउ परेका ती व्यक्ति सिराहा बरियारपट्टी गाउँपालिका–५ स्थायी घर भई हाल जोरपाटी, काठमाडौंमा बसोबास गर्ने २७ वर्षीय काशिन्द्र कुमार ठाकुर रहेका छन् ।

    प्रहरी वृत्त ठिमी र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीद्वारा दुबै जनालाई नियन्त्रणमा लिइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij