शुभकामना साकोसले मनायो रजत वर्ष, विविध सामाजिक कार्यक्रमको आयोजना

शुभकामना साकोसले मनायो रजत वर्ष, विविध सामाजिक कार्यक्रमको आयोजना

सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • शुभकामना साकोसले मनायो रजत वर्ष, विविध सामाजिक कार्यक्रमको आयोजना

    भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेश अर्थात् रजत वर्षको अवसरमा विविध कार्यक्रमहरूको आयोजना गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । वि.सं २०५७ साल जेष्ठ २४ गते ७५ जना सदस्यबाट सुरु गरिएको यस सहकारीले वित्तीय अनुशासनलाई प्राथमिकता दिँदै हाल १० हजारभन्दा बढी शेयर सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

    रजत वर्षको अवसरमा संस्थाले बाँसुरी बाजा प्रशिक्षण, बालबालिका तथा अभिभावकको मानसिक स्वास्थ्य अभिमुखीकरण, स्ट्रोकसम्बन्धी सचेतना कार्यक्रम, नेपाल रेडक्रस सोसाइटी भक्तपुरलाई आर्थिक सहयोग, महिला कानुनी साक्षरता कार्यक्रम, सहकारी अवलोकन भ्रमण तथा “समाज परिवर्तनका लागि सहकारीको भूमिका” शीर्षकमा निबन्ध लेखन प्रतियोगिता जस्ता कार्यक्रमहरू सञ्चालन गरिसकेको छ ।

    त्यस्तै जात्रामा पानी वितरण, ऐतिहासिक मठमन्दिर सरसफाई तथा वडास्तरमा फोहोर व्यवस्थापनका लागि बाल्टिन वितरणजस्ता सामाजिक उत्तरदायित्वका कार्यहरू पनि गरिएका छन् ।

    साकोसका अध्यक्ष रामप्रसाद कासुलाले शेयर सदस्यलाई प्राथमिकता दिँदै वित्तीय सेवा र मनोबल विकासका लागि काम गर्दै संस्था रजत वर्ष पार गर्न लागेको जानकारी दिए । उनले सहकारीले गरेका कार्यहरूलाई निरन्तरता दिँदै “रजत स्मारिका २०८२” प्रकाशन गरेको जानकारी दिए । 

    संस्थाकी व्यवस्थापक रेश्मी श्रेष्ठका अनुसार जेष्ठ महिनाभरि विभिन्न कार्य योजनाहरू बनाई कार्यक्रमको सञ्चालन गरिएको छ । त्यसअनुसार:

    जेष्ठ १७ गते: बालमनोविज्ञान अभिमुखीकरण

    जेष्ठ १९ गते: जेष्ठ सदस्यका लागि तीर्थ भ्रमण

    जेष्ठ २० गते: रक्तदान तथा स्वास्थ्य शिविर

    जेष्ठ २१ गते: व्याडमिन्टन प्रतियोगिता

    जेष्ठ २२ गते: ऐतिहासिक क्षेत्रको सरसफाई कार्यक्रम

    जेष्ठ २३ गते: शुभकामना प्रभातफेरी र्याली

    जेष्ठ २४ गते: रजत वर्ष समापन कार्यक्रम

    यस संस्थाले रजत वर्षका अवसरमा सामाजिक, सांस्कृतिक तथा स्वास्थ्यजन्य कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश फैलाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij