डिजिटल युगमा पत्रकारिता : भक्तपुरमा ‘मोजो’ तालिम

डिजिटल युगमा पत्रकारिता : भक्तपुरमा ‘मोजो’ तालिम

बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • डिजिटल युगमा पत्रकारिता : भक्तपुरमा ‘मोजो’ तालिम

    भक्तपुर । भक्तपुरमा पत्रकारहरुका लागि मोबाइल जर्नालिज्म (मोजो) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार सूर्यविनायक नगरपालिकाको सहकार्यमा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले पत्रकारहरुका लागि एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । 

    कार्यक्रमको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो नगर नवस्थापित भए पनि जनहितका कार्यमा विभिन्न चुनौतीहरूसँग जुझ्दै अघि बढिरहेको बताए । उनले विकास निर्माणको कार्यमा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

    प्रमुख थापाले नगरवासीले तिरेको कर र जनप्रतिनिधिले बनाएका ऐन, नियमअनुसार पारदर्शी रूपमा काम भइरहेको बताए । उनले पत्रकारितामा नकारात्मक प्रवृत्तिको निरुत्साहन गर्न आवश्यक रहेको भन्दै पत्रकारहरूलाई जिम्मेवार बन्न आग्रह गरे । साथै, उपत्यकाका सार्वजनिक जग्गा निजीकरण गर्न नदिन र तथ्यहीन समाचार प्रकाशनबाट नगरमा भ्रम फैलन नदिन सबैलाई सचेत रहन आग्रह गरे । उनले पत्रकारहरूको सीप अभिवृद्धिका लागि मोबाइल जर्नालिज्मसम्बन्धी सहयोग प्रदान गरिएको जानकारी पनि गराए ।

    basudev.jpg

    कार्यक्रममा उपप्रमुख सरिता तिम्सिना भट्टराईले सञ्चारकर्मीहरूले नगरपालिकाका गतिविधिलाई जनतासम्म पुर्‍याएर सकारात्मक भूमिका खेलेकोमा धन्यवाद दिँदै प्रविधिसँग मेल खाने पत्रकारितामार्फत क्षमतामा वृद्धि हुने बताइन् । उनले बदलिँदो डिजिटल प्रविधिप्रति सतर्क रहनुपर्ने सुझाव पनि दिइन् ।

    sarita.jpg

    जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले पत्रकारहरूको व्यावसायिक क्षमता विकासमा अभिमुखीकरण कार्यक्रमले योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै डिजिटल माध्यमको दुरुपयोगप्रति सजग रहन आग्रह गरे ।

    Gopal.jpg

    नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले सूर्यविनायक नगरपालिकालाई कार्यक्रमका लागि सहयोग उपलब्ध गराएकोमा आभार प्रकट गर्दै वर्तमान डिजिटल युगमा मोबाइल पत्रकारिता आवश्यक भएको बताए । सामाजिक सञ्जालमा प्रकाशित सामग्रीहरू सबै पत्रकारिता नभएको उल्लेख गर्दै उनले पत्रकारहरूलाई संयमित र सचेत रहन आग्रह गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij