प्रहरी निरीक्षक हुँ भनी सर्वसाधारणलाई झुक्याउने व्यक्ति भक्तपुरबाट पक्राउ

प्रहरी निरीक्षक हुँ भनी सर्वसाधारणलाई झुक्याउने व्यक्ति भक्तपुरबाट पक्राउ

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • प्रहरी निरीक्षक हुँ भनी सर्वसाधारणलाई झुक्याउने व्यक्ति भक्तपुरबाट पक्राउ

    भक्तपुर । प्रहरी निरीक्षक हुँ भन्दै सर्वसाधारणलाई झुक्याउने एक युवकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । जिल्ला भोजपुर साल्पासिलिछो गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएका २३ वर्षीय सुजन गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    गत राति करिब ९ः३० बजे मध्यपुर ठिमी नगरपालिका वडा नं. २ स्थित दिब्यश्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडि सडक खण्डमा गिरीले आफू प्रहरी निरीक्षक भएको बताउँदै मोबाइलको वालपेपरमा प्रहरी बर्दी लगाएको फोटो देखाएर सर्वसाधारणलाई झुक्याई अशान्ति फैलाएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका गिरीमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij