भक्तपुर । भक्तपुरकि संस्कृति आचार्यले भारतको राजधानी दिल्लीमा सम्पन्न इन्टरनेस्नल स्पिच कन्टेस्टमा सफलता हात पार्दै च्याम्पियनको उपाधि जितेकी छन्। प्रेसिडेन्सियल टोस्टमास्टर्स क्लबकी सदस्य तथा प्रेसिडेन्सियल ग्र्याजुएट स्कूलमा बीबीए अध्ययनरत आचार्यले नेपाल र भनरतका ११ प्रतिस्पर्धीलाई पछिपार्दै च्याम्पियनको उपाधि हात पारेकी हुन्।
आचार्य भन्छिन, यो केवल एक व्यक्तिगत विजय मात्र होइन, सम्पूर्ण नेपाली टोष्टमास्टर्स समुदायका लागि गर्वको क्षण हो। अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाले देखाएको प्रतिभा र प्रभावशाली प्रस्तुतिको यो उत्कृष्ट नमूना हो। टोस्टमास्टर्स इन्टरनेशनल १४५ भन्दा बढी देशहरूमा सञ्चालित संस्था हो । जसले नेतृत्व विकास र सार्वजनिक वक्तृत्वकला अभिवृद्धिमा योगदान दिँदै आएको छ।
यसको प्रतियोगिता प्रणाली क्लब, क्षेत्र , डिभिजन हुँदै जिल्ला स्तरसम्म पुग्ने चरणहरूमा आधारित हुन्छ। जिल्ला प्रतियोगिता टोस्टमास्टर्सको सबैभन्दा चुनौतीपूर्ण चरण मानिन्छ । जहाँ उत्कृष्ट वक्ताहरूको भिडन्त हुन्छ । संस्कृति आचार्यले आफ्ना मौलिक विचार, प्रभावशाली प्रस्तुतिकला, भावनात्मक सम्प्रेषण र श्रोतासँगको आत्मीय सम्बन्धमार्फत निर्णायक र दर्शकहरूलाई मन्त्रमुग्ध पारिन्।
उनको यो जितले उनलाई अब क्षेत्रीय सेमिफाइनलतर्फ अगाडि बढाएको छ, जहाँबाट उनी छानिए नेपालकै टोस्टमास्टर्सको प्रतिनिधित्वगर्दै अमेरिकाको फिलाडेल्फियामा आयोजना हुने विश्व प्रसिद्ध वल्र्ड च्याम्पियनसीप अफ पव्लिक स्पिकिङको लागि प्रतिस्पर्धा गर्ने अवसर पाउनेछिन् । जुन टोस्टमास्टर्स अन्तर्राष्ट्रियको सबैभन्दा प्रतिष्ठित मंच हो।
उनी मात्र होइन, उनको क्लब प्रेसिडेन्सियल टोस्टमास्टर्स, शिक्षा संस्था प्रेसिडेन्सियल ग्र्याजुएट स्कूल, र सम्पूर्ण नेपाल प्रतियोगितामा चार चरण पार गर्दै संस्कृति अन्ततः शीर्ष स्थानमा पुग्न सफल भइन्। समुदायका लागि यो अत्यन्त गौरवको क्षण हो । आचार्यले यो पनि प्रमाणित गरेकी छन् कि अभ्यास, आत्मविश्वास र दृढ संकल्पद्वारा नेपाली युवा अन्तर्राष्ट्रिय स्तरमा पनि चम्किन सक्छन्।
