ऋतम्भरा पाठशालामा चाँगुनारायणमै प्लस टु सञ्चालन गर्ने पहिलो नीजि बिधालय बन्दै

ऋतम्भरा पाठशालामा चाँगुनारायणमै प्लस टु सञ्चालन गर्ने पहिलो नीजि बिधालय बन्दै

आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • ऋतम्भरा पाठशालामा चाँगुनारायणमै प्लस टु सञ्चालन गर्ने पहिलो नीजि बिधालय बन्दै

    भक्तपुर । चाँगुनारायण नगरपालिका -२ दुवाकोटस्थित ऋतम्भरा पाठशालामा दिक्षान्त  समारोह सम्पन्न भएको छ। पाठशालाले पूर्ब प्राथमिक तह युकेजीबाट पास भएर कक्षा एकमा जाने बिद्यार्थीहरूलाई दिक्षित गरेको हो। 

    कार्यक्रमको उदघाटन गर्दै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजु थापाले ऋतम्भरा पाठशालाले खेलकुद र अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिएको भन्दै प्रशंसा गरे। जिल्ला खेलकुद बिकास समितिले आयोजना गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ऋतम्भरा पाठशालाले देखाएको नृत्यकलाको सबैतिर प्रसंशा भएको थापाको भनाइ थियो । 

    सो कार्यक्रममा प्रमुख अतिथि भएर आएका उपप्रधान मन्त्री तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले ठाउँठाउँमा नृत्य कला होस त ऋतम्भरा पाठशालाको जस्तो भनी प्रशंसा गर्नु भएको थापाले बताए । 

    बिधालयले गुणस्तरीय शिक्षासंगै अतिरिक्त क्रियाकलापमा ध्यान पुर्‍याउन जरुरी भएको थापाको भनाई थियो । बिद्यार्थीको शारीरीक तथा मानसिक बिकासका लागि खेलकुद अनिबार्य रहेकाले बिद्यालयलाई खेलकुद अनिबार्य गर्न थापालेआग्रह गरे । बिधालयका लागि खेलकुद सामाग्री उपलब्ध गराउन समिति तयार रहेको थपाले बताए। 

    school.jpg

    कार्यक्रममा  रत्न राईले बिद्यार्थीलाई मोवाइल र जंक फुडबाट टाढा राख्न अभिभाबकहरूलाई आग्रह गरे। कार्यक्रममा उत्तम चापागाँईले बालबालिकालाई संस्कारयुक्त शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिए । 

    पाठशालाकी प्रिन्सिपल जुनु बुढाथोकीले बिद्यालयको स्थापनाकालको ६र७ बर्षको छोटो अबधिमा ठूलो सफलता हाँसिल गरेको बताउँदै प्लस टु कक्षा संञ्चालनका लागि सम्बन्धन पाई सकेकाले यस बर्षदेखि कक्षा ११ सञ्चालन गर्न लागेको जानकारी दिईन। उनले अभिभाबकको बिस्वासलाई ठुलो सम्पत्ति मानेर  गुणस्तरीय शिक्षामा जोड दिएको बताईन् । 

      अतिरिक्त क्रियाकलापका लागि ख्याति कमाएका प्रशिक्षकको ब्यवस्था गरिएको जानकारी दिईन् । कार्यक्रममा युकेजीबाट पास भएका ४५ जना छात्रछात्रालाई दिक्षित गरिएको थियो। 

    प्लस टु सञ्चालन गर्ने नीजि तथा संस्थागत बिद्यालय तर्फ ऋतम्भरा पाठशाला चाँगुनारायण  नगरपालिकामै  पहिलो हुने बिधालयले दावी गरेको छ। कार्यक्रममा ऋतम्भरा पाठशालाले मानबिकी तथा ब्यवस्थापन संकायमा प्लस टु सञ्चालन गर्न लागेको जानकारी दिइएको थियोे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij