लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु हुँदै

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु हुँदै

बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु हुँदै

    लुम्बिनी । लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो । 

    संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेका थिए । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए। 

    प्रदेश सभाको आगामी जेठको पहिलो साता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij