भक्तपुर । भक्तपुरबाट अवैध रुपमा ल्याउँदै गरेको ७२ लाख रुपैया बरावरको अवैध समान बरामद गरिएको छ । प्रहरी परिसर भक्तपुरको टोलीले आईतवार बिहान साढे दश वजे सूर्यविनायक नगरपालिका वडा ८ जगातीस्थित चेकप्वाइन्टबाट सो सामान बरामद गरेको हो ।
काभेतर्फबाट काठमाण्डौं जांदै गरेको बा. ४ ख. ७६० नम्बरको सेतो टाटा कम्पनीको ट्रकमा भन्सार छली गरी चोरी पैठारी भएको कपडा लगायतका सामान प्रहरीले बरामद गरेको हो । अवैध सामान ओसार पसार हुदै छ भन्ने सुुराकीका आधारमा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने ट्रकमा परालको भुसत्रि रहेको कुर्ता सुरुवाल, धाराको पार्टपुर्जा लगायतका करिव ७२ लाख रुपैया बराबरका सामान बरामद गरिएको हो ।

प्रहरी परिसर भक्तपुुरका अनुसार, बरामद गरिएका समानमा कुर्ता सुरुवाल ३ हजार ८ सय ८७ थान, पाइन्टको कपडा ३२ रोल, सर्ट ३ सय ५६ पिस, सर्टको कपडा २ सय ८० रोल रहेको छ । त्यसैगरी ब्लाउज १ हजार ८ सय ७५ पिस, पर्दाको कपडा ९९ रोल, साडी १ सय ५९ पिस, धाराको पार्टपुर्जा ३ सय ९८ पिस रहेको छ ।
ती समानसंगै अवैध ओसार प्रसारमा संलग्न सवारी साधन र चालक जिल्ला दोलखा कालिन्चोक गाँउपालिका वडा २ बस्ने वर्ष ४७ को लक्ष्मण थामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको भक्तपुर प्रहरीले जनाएको छ।