एकै बर्ष १४ जनाको कलेजो प्रत्यारोपण, पहिलो पटक ज्वाईले सासुलाई दिए  अंगदान

एकै बर्ष १४ जनाको कलेजो प्रत्यारोपण, पहिलो पटक ज्वाईले सासुलाई दिए  अंगदान

शुक्रवार, फाल्गुण २५ २०८०
शुक्रवार, फाल्गुण २५ २०८०
  • एकै बर्ष १४ जनाको कलेजो प्रत्यारोपण, पहिलो पटक ज्वाईले सासुलाई दिए  अंगदान

    काठमाडौं ।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबार २२ औं कलेजो प्रत्यारोपण गरेको छ ।  ६५ बर्षीय सासु लक्ष्मीदेवी श्रेष्ठलाई उनका ४५ बर्षीय ज्वाई श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका हुन् । 

    ज्वाँईले सासुलाई दान गरेको कलेजो प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ डा.पुकारचन्द्र श्रेष्ठको टोलीले गरेको थियो। श्रेष्ठका अनुसार अंग लिने सासू र अंग दिने ज्वाँई दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

    केन्द्रले हाल सम्म २२ जनाको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने संस्था हो। 

    12.jpg

    भक्तपुरका बलराम नागालाई उनकी ४२ वर्षीया दिदीले कलेजो दिई नेपालमा पहिलो कलेजो प्रत्यारोपणको सुरुवात भएको थियो। प्रत्यारोपण केन्द्रमस्तिष्क मृत्युवाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणगर्ने र नेपालमा सबै भन्दा धेरै मृर्गौला तथा कलेजो प्रत्यारोपण गर्ने केन्द्र हो भने केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ नेपालमै सबै भन्दा बढी मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने शल्य चिकित्सक हुन ।

    डा श्रेष्ठले ११ वर्षे अवधीमा देशमै सबैभन्दा धेरै अर्थात १ हजार २ सय १२ जनाको मिर्गौला र २२ जनाको कलेजो प्रत्यारोपण गर्न सफल भएका छ ।

    संसारकै सबै भन्दा सस्तो दरमा सबैभन्दा जटिल मानिएको कलेजो प्रत्यारोपण केन्द्रमा अहिले निरन्तर रुपमा भई रहेको छ । यस बर्ष मात्रै १४ जना कलेजो तथा २०० जनाको मृर्गौला प्रत्यारोपण भएको छ ।

    केन्द्रमा २०७३ मङसिर २२ गते, दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भए पश्चात छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरुको सहयोगमा निरन्तरता पाउँदै आएको  छ । विगत केही समय देखि कलेजो प्रत्यारोपणमा भारतीय चिकित्सकको प्राविधिक सहयोग न्यून रहेको कुरा प्रत्यारोपण विज्ञ डा श्रेष्ठले बताए ।

    11.jpg

    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको कूल १ हजार २ सय १२ मृर्गौलाप्रत्यारोपणमा अंगदाता महिला ८७३  (७२ प्रतिशत ) हुँदा पूरुष ३३९  (२८ प्रतिशत ) र ग्रहणकर्तमा महिला २४६ (२१ प्रतिशत ) हुँदा पूरुष ९५६(७९ प्रतिशत) मात्र भएको छ । 

    आजको २१ औ शताब्दी मौखिक रुपमा महिला र पुरुष समान भन्ने गरिन्छ । तर, महिला माथी हुने भेदभावमा खासै कमी आएको देखिदैन । यसै शिलशिलामा कलेजोको गम्भीर संक्रमणबाट ग्रसित सासूलाई ज्वाँईले आफ्नो कलेजो दान गरी उदाहारणीय काम गरेका छन । केन्द्रले २२ जनाको कलेजो प्रत्यारोपण गर्दा २ जना मात्र महिला पर्नुले यस कुरालाई प्रष्ट पार्छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij