भक्तपुरको ताथलीमा तीन सवारी ठोक्किँदा एकको मृत्यु, एक घाइते

भक्तपुरको ताथलीमा तीन सवारी ठोक्किँदा एकको मृत्यु, एक घाइते

बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • भक्तपुरको ताथलीमा तीन सवारी ठोक्किँदा एकको मृत्यु, एक घाइते

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ ताथलीमा आज बिहान साढे १० बजे तिर भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

    च्यामासिंहबाट नालातर्फ जाँदै गरेको बा.९१ प.८४१२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–०१४ प। ५०४३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सोही समयमा नालाबाट च्यामासिंहतर्फ आइरहेको अर्को मोटरसाइकल (बा. प्र.०२–०३६ प) ५३२७० समेत अनियन्त्रित भई स्कुटरमा ठोक्किएको थियो ।

    दुर्घटनामा स्कुटर चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–९ सुडाल निवासी १७ वर्षीय रिजन फुयाजु गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्काल मध्यपुर ठिमी अस्पताल लगिएको थियो । तर उपचारको क्रममा आजै बिहान ११स्२५ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    दुर्घटनामा अर्का मोटरसाइकल चालक काठमाडौं गोकर्णेश्वर बस्ने ४० वर्षीय बिरे तामाङ घाइते भई हाल ख्वप अस्पताल, च्यामासिंहमा उपचाररत छन् । यस्तै, बा.९१ प.८४१२ नम्बरको मोटरसाइकल चालक २४ वर्षीय ईजार आलम भारत घर भई हाल काभ्रेको बनेपामा बसोबास गर्दै आएका हुन् । आलम र दुर्घटनामा संलग्न सवारीसाधनहरू हाल प्रहरी वृत्त जगाती, भक्तपुरको नियन्त्रणमा छन् ।

    प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij