केदारनाथको शिर डोलेश्वर मन्दिरमा बिहानैदेखि चारै ढोका खुला

केदारनाथको शिर डोलेश्वर मन्दिरमा बिहानैदेखि चारै ढोका खुला

बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • केदारनाथको शिर डोलेश्वर मन्दिरमा बिहानैदेखि चारै ढोका खुला

    भक्तपुर । वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज अक्षय तृतीयाका दिन चार वटै ढोका खुल्ला गरिएको छ । आज अक्षय तृतियाका दिन बिहानैदेखि भक्तजनहरुको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको हो । 

    केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, आज मन्दिरका चारै ढोका खुला गर्नुका साथै  भक्तजनलाई शिला छोएर पूजा गर्ने  व्यवस्था गरिएको छ ।

    समितिका अध्यक्ष बस्नेतका अनुसार, डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने व्यवस्था गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij