भक्तपुरको शिव पुराण महायज्ञमा एकैदिन ८० लाख सहयोग सङ्कलन

भक्तपुरको शिव पुराण महायज्ञमा एकैदिन ८० लाख सहयोग सङ्कलन

शनिवार, बैशाख १३ २०८२
शनिवार, बैशाख १३ २०८२
  • भक्तपुरको शिव पुराण महायज्ञमा एकैदिन ८० लाख सहयोग सङ्कलन

    भक्तपुर । भक्तपुरको सुडालमा सञ्चालित शिव पुराण महायज्ञमा एकै दिन ८० लाख रूपैयाँ सहयाेग सङ्कलन भएको छ । महायज्ञमा बिहीबारसम्म एक करोड २० लाख रूपैयाँ सङ्कलन भएकोमा शुक्रबार मात्र ८० लाख संकलन भएको महायज्ञ आयोजक समितिका संयाेजक जनक खत्रीले बताए । 

    नगरकोट भ्रमण वर्ष–२०८२ का अवसरमा धार्मिक पर्यटनको विकास गर्ने तथा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहितकाे कल्पेश्वरधाम निर्माण गर्ने उदेश्यले महायत्र आयोजना गरिएको हो । चाँगुनारायण नगरपालिका–८ कलमसीमा  वैशाख २ गतेदेखि महायज्ञ सञ्चालित महायज्ञमा हालसम्म दुई कराेड एक लाख रूपैयाँ संकलन भएको संयाेजक खत्रीले बताए । 

    चाँगुनारायण–८ का वडाअध्यक्षसमेत रहेका महायज्ञ आयोजक समितिका संयोजक जनक खत्रीका अनुसार कलमसीमा करिब ८० रोपनी क्षेत्रफलमा महादेवको मूर्तिका साथै त्यस वरिपरि एक हजार आठ शिवलिङ्ग स्थापना गर्ने लक्ष्य लिइएको छ।    

    कल्पेश्वर महादेव मन्दिरबाट काठमाडाैं उपत्यकालगायत काभ्रको नाला, बनेपा धुलिखेलसम्मको दृश्यावलोकन गर्न सकिन्छ । यस क्षेत्रमा नागकुण्ड, गोसाइँकुण्ड, २७ धारा, नारायण कुण्डलगायतका धार्मिक संरचना रहेका छन् । 

    यस क्षेत्र आसपास पूर्वमा पुण्यवती नदी, सपनेश्वर महादेव मन्दिर, दक्षिणमा ठूली ब्रह्मायणी मन्दिर, बालकुमारी मन्दिर, पश्चिममा सरस्वती मन्दिर रहेका छन् । त्यस्तै मणिकर्णिका धाम, वाल्मीकेश्वर महादेव, बागेहिणी महादेव, थाकलमोठस्थित लोकेश्वर महादेव मन्दिर र उत्तरमा रजपुरेश्वर महादेव मन्दिर रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij