सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ९१ हजार पुग्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ९१ हजार पुग्यो

सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ९१ हजार  पुग्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । 


    आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।


    यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij