संघीय सांसद दुर्लभ थापा नयाँदिल्लीको अस्पतालबाट डिस्चार्ज

संघीय सांसद दुर्लभ थापा नयाँदिल्लीको अस्पतालबाट डिस्चार्ज

आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • संघीय सांसद दुर्लभ थापा नयाँदिल्लीको अस्पतालबाट डिस्चार्ज

    भक्तपुर । भक्तपुरका संघीय सांसद  दुर्लभ थापा भारतको नयाँदिल्लीको अस्पतालबाट डिस्चार्ज भएका छन् ।  नयाँदिल्लीस्थित अपोलो स्पेक्ट्रा अस्पतालमा शल्यक्रिया गराएका थापा आइतबार डिस्चार्ज भएका हुन् । 

    क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद एवं नेपाली कांग्रेस भक्तपुरका सभापति समेत रहेका थापाको पाँच दिनअघि नयाँदिल्लीस्थित अपोलो स्पेक्ट्रा अस्पतालमा बायाँ पट्टिको हिप रिप्लेस्मेन्ट सर्जरी गरिएको थियो । 

    डा.सुनिल टुलि र उनको टीमले माननीय थापाको शल्यक्रिया सम्पन्न गरेका थिए । थापाको स्वास्थ्यमा क्रमिक शुधार आएसंगै डिस्चार्ज गरिएको थापाका स्वकीय सचिव शुभासिश ढकालले बताए । 

    ढकालका अनुसार, थापा केही दिन चिकित्सकको प्रत्यक्ष निगरानीमा रहने र सम्पूर्ण उपचारपछि स्वदेश फर्कने कार्यक्रम रहेको छ । थापाको वैशाख ३ गते बिहान शल्यक्रिया गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij