भक्तपुर । संघीय सांसद एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको भारतको नयाँदिल्लीस्थित अपोलो स्पेक्ट्रा अस्पतालमा शल्यक्रिया गरिएको छ । भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद थापाको बायाँ पट्टिको हिप रिप्लेस्मेन्ट सर्जरी सफल्ता पुर्वक सम्पन्न भएको हो ।
थापाका स्वकीय सचिव शुभासिश ढकालका अनुसार, बुधबार बिहान ९ः३० वजेदेखि ११ वजेसम्म डा। सुनिल टुलि र वनको टीमले माननीय दुर्लभ थापाको शल्यक्रिया सम्पन्न गरेका हुन् । अहिले थापालाई आइसियु वार्डमा अवजरभेशनका लागि राखिएको छ ।
थापाको स्वास्थ अवस्थामा सुधार हुँदै गएको चिकित्सकले बताएको ढकालले डोलेश्वरन्युजलाई जानकारी दिए । थापाको स्वास्थ्य अवस्था बुझ्न नयाँदिल्लीस्थित कांग्रेस समर्थक नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेको जनाइएको छ ।