तीन दिनमै डेढ लाखले गरे भक्तपुर महोत्सव अवलोकन

तीन दिनमै डेढ लाखले गरे भक्तपुर महोत्सव अवलोकन

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • तीन दिनमै डेढ लाखले गरे भक्तपुर महोत्सव अवलोकन

    भक्तपुर । पछिल्लो तीन दिनमा भक्तपुर महोत्सवमा दर्शकको घुइचो लागेको छ । महोत्सवका पछिल्लो तीन दिनमा मात्र करिब १ लाख ५० हजारले महोत्सव अवलोकन गरेका छन् । 

    औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरको सल्लाघारी तीनकुनेस्थित १०८ रोपनीमा चैत २८ गतेदेखि २०८२ बैशाख ७ गतेसम्म महोत्सव आयोजना गरेको हो । औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार, नयाँ बर्षको दिनदेखि महोत्सवमा व्यापक रूपमा भिडभाड बढेको छ । 

    ११ दिनसम्म संचालन हुने नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीदेखि खाद्यान्न, भाडाकुडा, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्री बिक्रीवितरणडका लागि राखिएको अध्यक्ष महतले जानकारी दिए । 

    m2.jpg

    महोत्सवमा औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री भईरहेका छन् । मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु छन् ।

    महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव स्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश  गरिएको छ । महोत्सवमा साना बालबालिकाका लागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलका साथै  रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालनमा रहेको संयोजक थापाले बताए । 

    m3.jpg

    महोत्सवमा स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती रहदै आएको छ । त्यसै क्रममा स्थानीय कलाकार उत्पादन गर्ने हेतुले हाँस्य व्यङ्गय तथा गीत संगीत तथा नृत्य प्रतियोगितासमेत आयोजना गरिएको संयोजक थापाले बताए । 

    १ सय ५० स्टल रहेको महोत्सवमा बिक्री गरिने सामानमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवकै क्रममा बैशाख १३  चर्चित गायक गायिकाहरुको प्रस्तुति रहने भक्तपुर सांगीतिक साँझ–२०८२ को समेत आयोजना गरिने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष महतले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij