१०८ फिट अग्लो शिवको मूर्ति बनाउन चाँगुका उपमेयरको एक लाख आठ हजार नगद

१०८ फिट अग्लो शिवको मूर्ति बनाउन चाँगुका उपमेयरको एक लाख आठ हजार नगद

मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • १०८ फिट अग्लो शिवको मूर्ति बनाउन चाँगुका उपमेयरको एक लाख आठ हजार नगद

    १०८ फिट अग्लो भगवान शिवको मूर्ति भक्तपुरको चाँगुनारायण नगरपालिका–८, कलमसीमा निर्माणाधीन ।

    नगर उपप्रमुख रमेश बुढाथोकीले मूर्ति निर्माणका लागि रु. १,०८,००० सहयोग हस्तान्तरण ।

    शिवपुराणको आयोजनामार्फत सहयोग संकलन अभियान सुरु गरिएको घोषणा ।

    भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ८ स्थित कलमसीमा निर्माणाधीन १०८ फिट अग्लो भगवान शिवको मूर्ति निर्माणकालागि सोही पालिकाका उपमेयर रमेश बुढाथोकीले १ लाख ८ हजार रुपैयाँ सहयोग गरेका छन् । चाँगुनारायण नगरपालिकाको धार्मिक र पर्यटन विकासको महत्वाकांक्षी परियोजनाको रुपमा अगाडि बढिरहेको यस मूर्तिले चाँगुप्रतिको आकर्षणमा बृद्धि हुने भन्दै उपमेयर बुढाथोकीले सहयोग गरेको बताएका हुन् । 

    आज मंगलबारबाट शिव मूर्ति स्थापनाका लागि सहयोग संकलन गर्न ‘शिव पुराण’ सुरु गरिएको छ । यही धार्मिक कार्यक्रममार्फत उपप्रमुख बुढाथोकीले जनसमुदायलाई एकताबद्ध गर्दै धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए ।

    धार्मिक आस्थासँगै पर्यटन सम्भावनाको जोड
    बुढाथोकीको भनाइमा, “नगरकोट आउने धार्मिक पर्यटकहरूको लागि यो एउटा सुन्दर गन्तव्य बन्न सक्छ ।” उनले नगरपालिकाले घोषणा गरेको ‘नगरकोट भ्रमण वर्ष २०८२’ को सन्दर्भमा शिव पुराणको आयोजनाले आन्तरिक तथा बाह्य पर्यटकलाई धार्मिक गतिविधिमा सहभागी हुन आकर्षित गर्ने विश्वास व्यक्त गरे ।

    कलमसीको कल्पेश्वर महादेव क्षेत्रमा स्थापना हुँदै गरेको शिव मूर्ति केवल धार्मिक दृष्टिकोणले मात्र होइन, पर्यटकीय सम्भावनाको दृष्टिले पनि ठूलो आशा बोकेको छ । बुढाथोकी भन्छन्, “यो मूर्तिले चाँगुनारायण क्षेत्रको पहिचानलाई थप उजागर गर्छ । यसले यहाँको संस्कृति, आस्था र स्थानीय अर्थतन्त्रलाई सकारात्मक दिशा दिनेछ ।”

    समाजसेवी उपप्रमुखको परिचय
    चाँगुनारायण नगरपालिकाका उपप्रमुख बुढाथोकी नेकपा (एमाले)बाट निर्वाचित समाजसेवी हुन् । आफ्नो हक्की स्वभाव, स्पष्ट धारणा र जनहितका कामप्रति कटिबद्धताले उनी नगरपालिका भित्र लोकप्रिय छन् । विकास योजनामा पारदर्शिता, धार्मिक र सामाजिक सहभागिता जस्ता पक्षलाई जोड दिंदै आएका बुढाथोकी यस्तो योगदानमार्फत स्थानीय नेतृत्वको जिम्मेवारी प्रति प्रतिबद्ध देखिएका छन् । नगरमा उनलाई भावी मेयरको रुपमा पनि चर्चा गरिन्छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij