भक्तपुर । नयाँ वर्ष २०८२ को सुरुवातसँगै भक्तपुरको सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२’ सुरु भएको छ । भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’को साझा पहिचानका रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको आयोजनामा महोत्सव सञ्चालनमा आएको हो ।

आज वैशाख २ गते ज्योति मगर, शान्तारानी परियार, दिनेश काफ्ले, मदन विष्ट, सूर्यमणि आचार्य, सुमन कुमार श्रेष्ठ, रमेश श्रेष्ठ ‘शिशिर’ लगायतका कलाकारहरू मञ्चमा प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ ।
महोत्सवमा राखिएका विभिन्न सामग्रीमा २० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ भने प्रवेश टिकट शुल्क रु ८० र रु ५० निर्धारण गरिएको आयोजकले जनाएका छन् ।
