भक्तपुर । भक्तपुरमा बिस्का जात्रा मनाउने क्रममा भैरवनाथको रथले किचेर एकजनाको ज्यान गएको छ । आइतबार साँझ रथ तान्ने क्रममा भक्तपुर नगरपालिका–४ घर भइ हाल सूर्यविनायक नगरपालिका–८, सिपाडाेल बस्ने ३६ वर्षीय सुशील तमखूको मृत्यु भएको हो ।
बिस्का जात्राको चौथो दिन आइतबार भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो लिङ्गाे ठड्याउन भैरवनाथको रथलाई गाःहिटीबाट योसिंखेल लैजाने क्रममा तमखूलाई रथले किचेको थियाे ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, तमखूको शरीरको बीच भागमा रथले किच्दा घटनास्थलमा नै मृत्यु भएको थियाे ।