नगरकोट भ्रमण वर्ष २०८२ भोलिदेखि सुरु हुँदै

नगरकोट भ्रमण वर्ष २०८२ भोलिदेखि सुरु हुँदै

आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • नगरकोट भ्रमण वर्ष २०८२ भोलिदेखि सुरु हुँदै

    भक्तपुर । ​नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नगरकोट भ्रमण वर्ष’ भोलिबाट सुरु हुँदैछ । भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौं जिल्लाका चार नगरपालिकाको संयुक्त आयोजनामा भ्रमण वर्ष सुरु गर्न लागिएको हो ।

    नगरकोटको बतासे डाँडामा उद्घाटन कार्यक्रम हुनेछ । भ्रमण वर्षभरि आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिइएको छ । यस अभियानमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड प्रवर्द्धकको रूपमा रहेका छन् ।

    कार्यक्रम सफल बनाउन मूल आयोजक समिति र विभिन्न उपसमितिहरू गठन गरिएका छन् । होमस्टे विस्तार, जातजाति, भेषभूषा, सांस्कृतिक कार्यक्रम र स्थानीय विशेषता उजागर गर्ने योजना गरिएको छ ।

    उद्घाटन समारोहमा खानाका स्टल, कृषि सामग्री, गुरुङ समुदायको संग्रहालय र विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । भ्रमण वर्षको क्रममा चारै नगरपालिका आ–आफ्नो क्षेत्र अनुसार विभिन्न कार्यक्रम गर्नेछन् ।

    नगरकोटबाट आउने पर्यटकलाई अन्य पर्यटकीय स्थलतिर डुलाउने, स्थानीय परिकार चखाउने र बसाइ लम्ब्याउने प्रयास गरिनेछ । साथै, स्थानीय सम्पदालाई पर्यटनसँग जोड्दै नगरकोटको समग्र विकासलाई लक्ष्य बनाइएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij